
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि प्रतिपक्षी दलहरू एकजुट भएका छन्। आइतबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ।
राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले बैठकपछि बोल्दै प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो कुरा स्पष्ट पार्नुपर्ने बताइन्। उनका अनुसार परराष्ट्र मन्त्रालयले प्रयोग गरेको शब्द र प्रधानमन्त्रीको भनाइ फरक भएकाले यसबारे स्पष्टता आवश्यक छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ विवादित र संवेदनशील भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउन पनि माग गरेका छन्। उनीहरूले यो विषयलाई गम्भीर रूपमा लिएर प्रधानमन्त्रीले जनतासामु आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे