
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (इभी)को मूल्य घट्ने बताएका छन्। काठमाडौँमा आयोजित ‘पोष्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीहरूको मूल्य घट्ने र सडक निर्माण दस्तुर पनि आधा गरिने जानकारी दिए। तर महँगा विलासी इभीमा भने विदेशी मुद्रा सञ्चितिलाई ध्यानमा राख्दै कर निर्धारण गरिएको उनले स्पष्ट पारे।
उनका अनुसार कर प्रणालीलाई अझ व्यवस्थित बनाउँदै करको आधार प्रगतिशील बनाइएको छ। अर्थमन्त्री वाग्लेले बजेटले सामाजिक न्यायलाई प्राथमिकता दिएको पनि बताए। उनले २५ वटा दुर्गम जिल्ला र देशभरका करिब ३ लाख १७ हजार दलित बालबालिकालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए।
उनले पूँजी बजारका लगानीकर्ताको मागअनुसार कर प्रणालीमा स्पष्टता ल्याइएकाले अब अन्योल अन्त्य भएको बताए। सरकार अर्थतन्त्रलाई मजबुत बनाउन योजनाबद्ध रूपमा अघि बढिरहेको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे