
काठमाडौँ । बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दफावार रूपमा छलफल गरिने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते बसेको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि अब प्रदेशसभामा सांसदहरूले यसको विस्तृत छलफल गर्नेछन्।
आजको बैठकमा सरकारका योजना, प्राथमिकता र विकास कार्यक्रमबारे सांसदहरूले आफ्ना धारणा राख्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे