
काठमाडौं। अमेरिकी विदेश मन्त्रालयअन्तर्गत सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन्। उनी कूटनीतिक सम्बन्ध विस्तार तथा विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि काठमाडौं आएको बताइएको छ।
नेपाल भ्रमणका क्रममा उनी हाल काठमाडौंमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी भएकी छन्। उक्त समिटमा उनले सार्वजनिक कूटनीति, अन्तर्राष्ट्रिय सहकार्य तथा क्षेत्रीय साझेदारीका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।
१३ चैतमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने रोजर्स हालसम्म नेपाल आएका सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञमध्ये एक मानिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे