
काठमाडौँ । टिकटकमार्फत चर्चामा रहेकी तुलसा अधिकारी (तुलसी अधिकारी) थाइल्यान्डबाट पक्राउ परेकी छन्। उनीविरुद्ध नेपालमा ठगीको मुद्दा चलिरहेको थियो र फरार भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो।
पक्राउपछि उनलाई नेपाल ल्याइएको छ र हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। प्रहरीले जनाएको अनुसार उनीमाथि ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ। यस सम्बन्धमा चार महिनाअघि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अदालतमा मुद्दा दायर गरेको थियो।
उनीविरुद्ध एक व्यक्तिले ‘हनी ट्र्याप’को माध्यमबाट आर्थिक लाभ लिएको भन्दै जाहेरी दिएका थिए। सोही उजुरीका आधारमा अधिकारीमाथि आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले अब उनीमाथिको मुद्दामा थप अनुसन्धान गरी अदालतमार्फत कानुनी कारबाही अघि बढाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे