
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि गर्न लागिएको सैन्य आक्रमण हालका लागि रोकिएको बताएका छन् ।
उनका अनुसार कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिन समय मागेपछि आक्रमण स्थगित गरिएको हो । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अहिले गम्भीर वार्ता भइरहेको र दुवै पक्षलाई स्वीकार्य हुने सम्झौताको सम्भावना रहेको बताएका छन् ।
ट्रम्पले अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ, सेना प्रमुख जनरल डेनियल केन र अन्य अधिकारीहरूलाई तत्काल आक्रमण नगर्न निर्देशन दिइएको पनि उल्लेख गरेका छन् । तर उनले यदि सम्झौता भएन भने के हुन्छ भन्ने स्पष्ट बताएका छैनन् । उनका अनुसार मुख्य शर्त भनेको इरानसँग आणविक हतियार हुनु हुँदैन भन्ने हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे