
काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुने वा नहुने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय गरिने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अवरोध गरेपछि सभामुखले यस्तो जानकारी दिएका हुन्।
सभामुख अर्यालले आजको बैठकपछि प्रधानमन्त्रीसँग यस विषयमा छलफल गर्ने तयारी रहेको बताए। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र संसद्मा आउन सक्ने वा नसक्ने विषयमा अहिले नै निश्चित निर्णय दिन नसकिने स्पष्ट पारे।
उनले भोलिको बैठकबारे पनि प्रधानमन्त्रीसँग कुरा गरेर कार्यव्यवस्था समितिमा छलफल गरिने बताए। तर सभामुखको जवाफपछि पनि कांग्रेस सांसदहरूले संसद् अवरोध जारी राखेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे