
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बाहिरिएको घटनाबारे सरकारसँग स्पष्टिकरण माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बैठक छाडेर बाहिरिनु सामान्य कुरा नभएको बताइन् । उनका अनुसार यस्तो व्यवहारले संविधान, संसदीय परम्परा र सरकारी जिम्मेवारीप्रति प्रश्न उठ्छ ।
उनले भनिन्, राष्ट्रपति नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिनु लोकतान्त्रिक अभ्यासमा सामान्य होइन। यसले संवैधानिक मर्यादा र संसदीय परम्परामा असर पार्छ। सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्छ।
सांसद थापाले संवैधानिक पदहरूको सम्मान गर्नुपर्ने र लोकतन्त्रमा पदभन्दा मर्यादा ठूलो हुने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे