
काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।
२८ वर्षीया एक युवतीले बुढाविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै जबर्जस्ती गरेको आरोप लगाएकी छन् । उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे