
काठमाडौँ । व्यवसायी शेखर गोल्छा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले बिमा सम्बन्धी मुद्दामा उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति नदिएपछि उनी छुटेका हुन्। यसअघि गोल्छा धितोपत्र सम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि उनी फेरि बिमा सम्बन्धी आरोपमा पक्राउ परेका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले थप अनुसन्धानका लागि अदालतसँग म्याद मागेको थियो। तर न्यायाधीश मोना सिंह को इजलासले त्यो माग अस्वीकार गरिदिएपछि गोल्छा पुनः रिहा भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे