
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ। काउन्सिलका अनुसार यी सबैले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका कारण उनीहरूको नाम दर्ता सूचीबाट हटाइएको हो। शुक्रबार जारी सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नागरिकता सम्बन्धी कानुनअनुसार यस्तो निर्णय गरिएको उल्लेख छ। अब यी चिकित्सकहरू नेपालमा आधिकारिक रूपमा डाक्टरको रूपमा काम गर्न पाउने छैनन्।
नाम हटाइएकामध्ये हङकङ, अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, पोर्चुगल र भारतका नागरिकता लिएका चिकित्सकहरू छन्। उनीहरूले पहिले नेपाल मेडिकल काउन्सिलमा दर्ता गराएका थिए, तर नागरिकता परिवर्तनपछि सो दर्ता कायम नरहने भएकाले हटाइएको हो। काउन्सिलले यस्तो कदम कानुनी व्यवस्था अनुसार नै भएको स्पष्ट पारेको छ। यस निर्णयले विदेशी नागरिकता लिएका चिकित्सकहरूलाई नेपालमा अभ्यास गर्न रोक लगाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे