
काठमाडौं –काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यालय सञ्चालनबारे जानकारी दिएको छ। महानगरभित्रका सबै विद्यालयमा पढाइ वैशाख १५ गतेदेखि नियमित रूपमा सुरु हुने बताइएको छ।
शिक्षा विभागका अनुसार नेपाल सरकारको निर्णय र काठमाडौँ उपत्यका मेयर्स फोरमको सुझावलाई ध्यानमा राखेर यो मिति तय गरिएको हो। विद्यालय खोल्ने विषयमा अन्योल भएपछि यसलाई स्पष्ट पार्न यस्तो निर्णय गरिएको जनाइएको छ।
महानगरले सबै विद्यालय, शिक्षक, कर्मचारी र सम्बन्धित निकायलाई तोकिएको मितिबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, विद्यालय सञ्चालनमा आवश्यक तयारी र समन्वय गर्न पनि आग्रह गरिएको छ।
महानगरले अभिभावक, विद्यार्थी र शिक्षकलाई समयमै विद्यालय गतिविधिमा सहभागी हुन अनुरोध गरेको छ, ताकि नयाँ शैक्षिक सत्र व्यवस्थित रूपमा सुरु होस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे