
काठमाडौं । प्रत्येक वर्ष अप्रिल २२ मा मनाइने विश्व पृथ्वी दिवस आज नेपालसहित विश्वका १९२ भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यस वर्ष ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ भन्ने नारासहित दिवस मनाउँदै वातावरण संरक्षण, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोगबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ।
सन् १९७० मा अमेरिकी सिनेटर गेलोर्ड नेल्सनको पहलमा सुरु भएको यो अभियान सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ‘अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवस’ का रूपमा मान्यता दिएपछि विश्वव्यापी रूपमा फैलिएको हो। पृथ्वीमा बढ्दो तापक्रम, प्रदूषण, वन विनाश तथा जैविक विविधताको ह्रासजस्ता चुनौतीलाई न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश यस दिवसले दिएको छ।
विज्ञहरूले वातावरणीय सन्तुलन कायम राख्न दिगो अभ्यास अपनाउन, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न र प्रदूषण नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे