
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको सम्पत्ति छानबिन अभियानमा सहयोग गर्ने बताएको छ। नेता राजेन्द्र पाण्डे का अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति जाँच गर्ने काम अघि बढेमा पार्टी पूर्ण रूपमा साथ दिन तयार छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेताहरू र उच्च अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरिरहेको छ। यस क्रममा केही ठूला व्यवसायीहरू सम्पत्ति सुद्धीकरण आरोपमा पक्राउ पनि परिसकेका छन्।
पाण्डेले २०४७ सालपछि सांसद वा मन्त्री बनेका सबै नेताहरू छानबिनका लागि तयार रहेको बताए। उनले छानबिन व्यक्तिगतरूपमा नभई स्पष्ट नियम र विधि बनाएर गर्नुपर्नेमा जोड दिए। साथै, यसको लागि छुट्टै निकाय आवश्यक हुने उनको भनाइ छ।
उनले दोषी प्रमाणित भए आफू र पार्टीका नेताहरू सजाय भोग्न तयार रहेको पनि बताए। साथै पुष्पकमल दाहाल प्रचण्ड समेत छानबिनका लागि तयार रहेको उल्लेख गरे। यसबीच सरकारले शेरबहादुर देउवा र उनका परिवारको सम्पत्ति छानबिन प्रक्रिया पनि अघि बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे