
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कामलाई राम्रो र प्रभावकारी बनाउन ‘सुशासन एकाइ’ गठन गरेका छन्।
यो एकाइले मन्त्रालय र मातहतका कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नो जिम्मेवारी ठीकसँग पूरा गरे कि गरेनन् भन्ने नियमित रूपमा जाँच गर्नेछ। साथै, तोकिएको समयमै काम सकियो कि सकिएन भन्ने पनि हेर्नेछ।
यसमा विभिन्न शाखाका सहसचिवहरू सदस्य रहनेछन् र एक उपसचिवले समन्वय गर्ने छन्। यो एकाइले कामको प्रगति, कानुनी समयसीमा पालना र सरकारी स्रोतको सही प्रयोग भएरनभएको पनि मूल्याङ्कन गर्नेछ।
मन्त्रालयले यसबाट काममा सुधार, जिम्मेवारी बढ्ने र सुशासन प्रवर्द्धन हुने विश्वास गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे