
काठमाडौं । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। यो काम बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा गरिएको हो।
दूतावासका अनुसार धेरै नेपाली आकर्षक तलबको लोभमा भिजिट भिसामा विदेश जाने गरेका छन्। तर त्यहाँ पुगेपछि केहीलाई अवैध अनलाइन ठगी गर्ने केन्द्र र क्यासिनोमा जबरजस्ती काम गराइने र बन्धक बनाइने समस्या बढ्दै गएको छ।
सन् २०२१ मा कम्बोडिया जाने नेपालीको संख्या १०१ मात्र थियो, तर २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको छ।
समस्यामा परेका नेपालीलाई निःशुल्क कागजात बनाएर स्वदेश फर्काउने व्यवस्था गरिएको छ। साथै, सरकारले विदेश जाँदा सही प्रक्रिया अपनाउन र जोखिमयुक्त देशमा नजान सबैलाई सचेत गराएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे