
काठमाडौं । सपना प्रधान मल्लले आजदेखि कामु प्रधानन्यायाधीश बनेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अवकाशमा गएपछि सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीश मल्लले यो जिम्मेवारी सम्हालेकी हुन्। संविधान अनुसार प्रधानन्यायाधीशको पद खाली हुँदा वरिष्ठ न्यायाधीशले अस्थायी रूपमा जिम्मेवारी लिने व्यवस्था छ।
मल्ल सर्वोच्च अदालतको नेतृत्व गर्ने दोस्रो महिला हुन्। यसअघि शुसिला कार्की पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। अब नयाँ प्रधानन्यायाधीश नियुक्त हुन बाँकी छ, तर संवैधानिक परिषद्मा सदस्यहरू नहुँदा तत्काल नियुक्ति हुने सम्भावना कम देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे