
काठमाडौं । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, सडक मर्मत र स्तरोन्नतिको काम गर्न यो निर्णय गरिएको हो। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर क्षेत्रमा काम भइरहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पाइने छैन।
बारम्बार गाडी रोकेर काम गर्दा यात्रुहरूलाई झन् समस्या भएको भन्दै अब निश्चित समयमै पूर्ण रूपमा सवारी रोकिने व्यवस्था गरिएको हो। यस अवधिमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन चलाउन नपाइने भएकाले यात्रा गर्नुअघि समय मिलाएर योजना बनाउन प्रशासनले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे