
काठमाडौँ । अहिले नेपालमा पश्चिमी र स्थानीय हावाको असर परेको छ। यसका कारण लुम्बिनी, सुदूरपश्चिम र अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ भने धेरै ठाउँमा मौसम सफा छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का पानी पनि परेको छ।
आज दिउँसो पहाड र हिमालका क्षेत्रमा बढी बादल लाग्नेछ भने तराईमा आंशिक बादल रहनेछ। केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ।
आज राति हिमाली क्षेत्रमा बादल रहनेछ, पहाडमा आंशिक बदली हुनेछ र तराईमा मौसम धेरैजसो सफा रहनेछ। केही स्थानमा भने चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे