
काठमाडौं । पक्राउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो र अदालतले ७ दिनको थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो। तर आइतबार बिहान ३ बजे उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए र हाल १०२९ नम्बरको बेडमा छन्।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको समयमा घरमा भेटिएको जलेको रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरिसकेको छ।
जेनजी आन्दोलन दमन आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालमै चिकित्सकको निगरानीमा भर्ना छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे