
काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकोको पक्राउसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ हुने भएको छ। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा परेको छ।
शनिबार पक्राउ परेका ओलीको पक्षमा उनकी श्रीमती राधिका शाक्यले आइतबार अदालतमा मुद्दा दर्ता गरेकी हुन्। ओलीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखेको छ।
२३ र २४ भदौको जेन(जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उनीहरु दुबै जनालाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमार्फत उनीहरुलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे