
काठमाडौँ । नेपालमा अहिले पश्चिमी र स्थानीय हावाको असर देखिएको छ। यसका कारण पहाडी र हिमाली क्षेत्रमा बढी बादल लागेको छ भने तराईमा आंशिक बादल छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि पहाड र हिमालमा बादल रहनेछ र केही ठाउँमा पानी पर्ने सम्भावना छ। केही उच्च क्षेत्रमा हिमपात पनि हुन सक्छ। तराईमा भने मौसम आंशिक बदली रहनेछ।
राति पनि उस्तै अवस्था रहनेछ। केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे