
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गरेको हो।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उक्त आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धान गरी प्रतिवेदन पेश गरेको थियो। सो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङसहित उच्च सरकारी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ।
सरकारको यस निर्णयसँगै आन्दोलनसम्बन्धी घटनाको जवाफदेहिता सुनिश्चित गर्न प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको सरकारका प्रवक्ता सुस्मित पोखरेलले जानकारी दिए। सरकारले गरेका निर्णयबारे शनिबार सार्वजनिक गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे