
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता अमरेशकुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने लगभग निश्चित भएको छ। पार्टी सभापति रवि लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा उनलाई मन्त्री बनाउने सहमति भएको हो।
सिंह सर्लाही–४ बाट चुनाव जितेका नेता हुन्। उनले यसअघि पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका थिए। लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका उनले यसपटक कांग्रेसका सभापति गगनकुमार थापालाई हराएर चर्चामा आएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे