
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सरकार गठनको तयारी गर्दै केही मन्त्रीको नाम टुंग्याएको छ। पार्टी स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम लगभग निश्चित भएको छ।
रास्वपाका नेता बालेन्द्र शाह ९बालेन० आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। यसैबीच, परराष्ट्र मन्त्रीमा शिशिर खनाल र कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ।
अन्य सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादीका नाम चर्चामा छन्। बाँकी मन्त्रालय पनि चाँडै टुंगिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे