
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२स्३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे