
सल्यान । मलेसियामा वैदेशिक रोजगारीमा रहेका सल्यानका २१ वर्षीय वेदबहादुर बुढा साथीको चक्कु प्रहारबाट मृत्यु भएका छन्। वेदबहादुर हाल दाङको पातेटाकुरा बस्दै आएका थिए।
घटनामा संलग्न आरोपी चोपिलाल डाँगी (२५) रोल्पा गङ्गादेव गाउँपालिका–३, नाउली भालुमारेका हुन्। घटना पेनाङ राज्यको पेराक क्षेत्रमा आइतबार राति करिब ९:३० बजे भएको हो। मलेसियाली प्रहरीले आरोपीसहित अन्य केही युवालाई नियन्त्रणमा लिएको छ।
सल्यानका काका पर्शुराम बुढाका अनुसार पोस्टमार्टम र प्रहरी रिपोर्टपछि शव नेपाल ल्याउने तयारी भइरहेको छ। प्रारम्भिक अनुसन्धानले घटना साथीबीचको आपसी विवादका कारण भएको देखाएको छ। मृतक परिवारमा बुवा, आमा र एक दाइ रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे