
एजेन्सी । इजरायलको मध्य क्षेत्रमा मंगलबार इरानबाट आएको क्लस्टर बम विस्फोट हुँदा केही मानिस घाइते भएका छन्। ब्नेई ब्राकमा भएको विस्फोटमा ९ जना घाइते भएका छन्, जसमा एक २३ वर्षीय युवक गम्भीर अवस्थामा छन् भने अन्यमा बालबालिका र एक वृद्ध महिला पनि छन्।
उद्धार सेवाका अनुसार अधिकांश घाइतेहरूलाई छर्रा लागेर सामान्य चोट लागेको हो। स्थानीय एक बासिन्दाले ठूलो आवाजसँगै सडक धुवाँले भरिएको र निकै डर लागेको बताएका छन्।
यसअघि इजरायली रक्षा बलले इरानको इस्फहान क्षेत्रमा रहेको विस्फोटक बनाउने केन्द्रमा आक्रमण गरेको जनाएको थियो। त्यसपछि इरानले अमेरिका र इजरायलमाथि आफ्ना आणविक स्थलमा हमला गरेको आरोप लगाएको छ।
अन्य स्थानहरू पेटाह टिक्वा, गिभाट श्मुएल र रोश हायिनमा पनि विस्फोट भएको भए पनि त्यहाँ भने मानवीय क्षति नभएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे