
काठमाडौं । महावीर पुनले देशमा देखिएका खराब प्रवृत्तिहरू हटाउने काम माथिल्लो तहबाटै सुरु हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री, मन्त्री, नयाँ निर्वाचित सांसद र उच्च सरकारी अधिकारीहरूले नै सुधारको पहल गर्नुपर्ने बताएका हुन्। उनका अनुसार भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी र भनसुनजस्ता समस्या हटाउन नेतृत्व नै इमान्दार हुन जरुरी छ।
पुनले माथिका व्यक्तिहरू सुध्रिए भने तलका कर्मचारी र प्रणाली पनि स्वतः सुधार हुने बताए। उनले नयाँ सांसदहरूलाई विशेषगरी भनसुन, नातावाद र चाकरीजस्ता खराब चलनबाट टाढा रहन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे