
काठमाडौँ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले अमेरिकाले इरानका ऊर्जा केन्द्रमा आक्रमण गरे होर्मुज जलडमरूम पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।
यो चेतावनी डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र जलडमरूम खुला नगरे पावर प्लान्ट ध्वस्त पार्ने धम्की दिएपछि आएको हो। इरानले भने अहिले जहाजहरू डरका कारण नै कम आवतजावत गरिरहेको बताएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार, यदि इरानका ऊर्जा संरचनामा हमला भयो भने, ती पुनःनिर्माण नभएसम्म जलडमरूम खोलिने छैन। होर्मुज जलडमरूम विश्वकै महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ। अहिलेको तनावका कारण तेलको मूल्य पनि बढ्न थालेको छ।
अमेरिका र इजरायलसँगको तनाव बढ्दै जाँदा इरानले अमेरिकी कम्पनीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे