
काठमाडौँ । आम निर्वाचन हुन अब एक साता मात्रै बाँकी रहँदा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन्। स्रोतका अनुसार उनी गएराति करिब ११:३० बजे सिंगापुर प्रस्थान गरेका हुन्।
पार्टीभित्र आन्तरिक विवाद चर्किएका कारण देउवा निर्वाचनप्रति खासै सक्रिय नदेखिएको चर्चा छ। पार्टीको विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा नयाँ समिति बनेपछि देउवा धेरैजसो निष्क्रिय देखिएका थिए। यसअघि जेनजी आन्दोलनका क्रममा उनीमाथि कुटपिटसमेत भएको बताइन्छ।
देउवा उपचारका लागि यसअघि पनि पटक–पटक सिंगापुर जाने गरेका छन्। निर्वाचनको मुखमा उनको विदेश प्रस्थानलाई लिएर पार्टीभित्र विभिन्न अड्कलबाजी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे