
काठमाडौँ । निर्वाचन आयोगले ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।आयोगका अनुसार फागुन १७ गतेभित्रमा सबै मतदान केन्द्रहरूमा कर्मचारी र सामग्री पुर्याइने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे