
काठमाडौँ । काठमाडौँसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण फेरि बढेको छ। लामो समयदेखि राम्रो वर्षा नहुँदा, सुक्खा र खडेरी बढ्नुका साथै डढेलो लाग्दा हावामा धुलो र धुवाँ धेरै मिसिएको हो। मंगलबार बिहान काठमाडौँमा हावा निकै फोहोर बनेको थियो, जसका कारण बाहिर निस्केर सास फेर्न पनि गाह्रो भएको देखियो।
वातावरण विभागका अनुसार दक्षिणकाली आसपास डढेलो लाग्नु, किसानले खेतका झारपात जलाउनु र खेतबारी जोत्दा उडेको धुलोले प्रदूषण बढाएको हो। बादल लागेर आकाश नखुलेकाले प्रदूषित हावा माथि जान नसकेको मौसमविद्हरू बताउँछन्।
वायु गुणस्तर सूचक अनुसार इलाम, काठमाडौँ, दाङ र सुर्खेतलगायत ठाउँको हावा अस्वस्थकर बन्दै गएको छ। प्रदूषण धेरै बढे स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे