
काठमाडौं। नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्ली नेतृत्वको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौँ आएका छन्। प्रतिनिधिमण्डलको भ्रमण नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा भएको हो।
भ्रमणको क्रममा कतार प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट तथा छलफल गरेका छन्। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, सम्भावित सहयोगका अवसरहरू, व्यापार र लगानी प्रवर्द्धन, साथै दुई पक्षीय लगानी सम्झौताका विषयमा गहन वार्ता भएको बताइएको छ।
प्रतिनिधिमण्डलले नेपालमा लगानीका अवसरबारे जानकारी लिँदै व्यापारिक वातावरणको अवलोकन गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, यस प्रकारको द्विपक्षीय छलफलले दुवै देशबीच निजी क्षेत्र र लगानी प्रवर्द्धनका क्षेत्रमा साझेदारी र विश्वास बढाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे