
काठमाडौँ । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीताका गतिविधि नगर्न आगह गरेको छ। जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो। सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही आएको मौकामा लामिछानेले रुपन्देहीका ५ निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरुलाई सम्बोधनसमेत गरेका थिए ।
त्यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरेका थिए । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई भनेको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ’मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ’जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे