
काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर वातावरण निरीक्षकको विवरण संकलनका लागि प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरेको छ। वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखाको प.सं. अनुगमन / २०८२/८३ च.नं. १८७ मितिको पत्र अनुरूप मिति २०८२/८/३ मा बसेको मन्त्रिस्तरीय विकास समस्या समाधान समितिको बैठकले निर्णय गरेको विवरण संकलन प्रक्रिया सुरु भएको हो।
पत्रमा उल्लेख छ, मुलुकभर हाल वातावरण निरीक्षक संघ, प्रदेश र स्थानीय तहमा कति संख्या रहेका छन्, मुलुकका लागि आवश्यक निरीक्षकको संख्या कति छ, र उपलब्ध जनशक्तिले वातावरण सम्बन्धी कार्य समुचित रूपमा सञ्चालन गर्न सकिरहेको अवस्था छ कि छैन भन्ने विषयमा जानकारी माग गरिएको छ।
प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायहरूले उक्त विवरण सम्बन्धित ढाँचामा संकलन गरी वातावरण विभागमा उपलब्ध गराउनुपर्नेछ। साथै, विवरणको सफ्टकपी [email protected] मा पनि पठाउने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।
यस कदमले मुलुकको वातावरण संरक्षण तथा व्यवस्थापनमा जनशक्ति अवस्था र आवश्यक सुधारका उपायहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे