
गुल्मी – गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेका छन्। उनले यसलाई ‘घर फोन गर महाअभियान’ नाम दिएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत अभियानबारे जानकारी दिँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई आफ्ना घरपरिवारसँग नियमित फोन गर्न आग्रह गरेका छन्। उनका अनुसार बुवा, आमा, हजुरबुबा, हजुरआमालाई आजैदेखि फोन गर्न सुरु गर्नुपर्छ र हरेक दिन कुराकानी गर्नुपर्छ। “जबसम्म बुझ्नुहुन्न, बुझाउनुहोस्। जबसम्म सुन्नुहुन्न, सुनाउनुहोस्,” उनले भनेका छन्।
घर–घर, वडा र पालिकामा पुग्नुअघि नजिकका आफन्त र परिवारका सदस्यलाई फोन गरेर आफ्नो कुरा बुझाइदिन पनि उनले आग्रह गरेका छन्। यो अभियानमार्फत मतदातासँग प्रत्यक्ष रूपमा भावनात्मक र पारिवारिक सम्बन्धमार्फत जोडिन खोजिएको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे