
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवार आज दिनभरमा टुंग्याइने बताएका छन्। उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उम्मेदवार छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
उनले भनेका छन, पार्टीले प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवार छान्ने प्रस्ताव राखेको भए पनि अहिले पुरानो विधानअनुसार १६५ निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ। कतिपय सिफारिस ठीकसँग मिलाइएको छ भने कतिपय ठाउँमा विवाद कायम छ। यसै क्रममा केही साथीहरूले कानुनी परीक्षण खोजिरहेका छन्, जसको व्यवस्थापन गर्दै उनले सबैलाई समेट्ने प्रयास गरिरहेका छन्।
थापाले पार्टीभित्र नयाँ र पुरानो सन्तुलन कायम राख्दै सबैलाई न्यायको अनुभूति गराउने प्रयास भइरहेको बताए। उनले समयको चाप र उम्मेदवार छनोटमा भएको विलम्बलाई पनि कारण बताउँदै, आजै सबै कुरा टुंग्याइने उल्लेख गरेका छन्।
उनले पार्टीका सबै सदस्यलाई अनुरोध गर्दै भने कि, भोलि आफ्नो निर्वाचन क्षेत्रमा गएर उम्मेदवारका पक्षमा एकजुट भएर काम गर्नुपर्छ। चाहे केही कुरामा असन्तुष्टि रहे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै अभियानमा जुट्न सबैले एक ढिक्का हुनुपर्ने उनले अपिल गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे