
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि उनी स्वतः कार्यवाहक मेयर बनेकी हुन्।
कानुनअनुसार मेयरले राजीनामा दिएमा उपमेयरले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सुनिता डंगोलले कार्यवाहकको भूमिका पाएकी हुन्।
मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जानुअघि नै महानगरको मेयर पदबाट राजीनामा दिएका थिए। रास्वपाका वरिष्ठ नेता रहेका बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे