
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि राजीनामा लागू हुने बताए।
पाण्डेले आफ्नो राजीनामा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाइसकेको जानकारी दिएका छन्। उनले भने, “मैले राजीनामा दिइसकेको छु। माघ ४ गतेबाट लागू हुनेछ।”
राजीनामासँगै पाण्डे आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा पनि छन्। उनले काठमाडौँबाट चुनाव लड्ने योजना रहेको बताए र मेयर बालेन्द्र शाह आबद्ध पार्टीबाट उम्मेदवारी दिने बताएका छन्। तर, कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषय भने अहिलेसम्म निश्चित भइसकेको छैन।
यस निर्णयसँगै पाण्डे अब प्रहरी पद छाडेर राजनीतिक क्षेत्रमा सक्रिय हुने तयारीमा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे