
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा चलिरहेको कांग्रेसको विशेष अधिवेशनमा सहभागी नहुने भएका छन्। देउवाको सचिवालयले यसबारे स्पष्ट जानकारी दिएको हो।
सचिवालयले एक सूचना जारी गर्दै सभापति देउवा उक्त कार्यक्रममा जाने कुनै योजना नरहेको जनाएको छ। सामाजिक सञ्जालमा देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत हल्ला फैलिएको भन्दै सचिवालयले त्यसप्रति ध्यानाकर्षण गराएको छ।
सूचनामा भनिएको छ कि केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले देउवा विशेष अधिवेशनमा सहभागी हुने भन्ने गलत जानकारी सार्वजनिक गरेका हुन्। त्यसलाई खण्डन गर्दै सभापति देउवा उक्त कार्यक्रममा सहभागी नहुने कुरा स्पष्ट गरिएको छ।
सभापति देउवाका निजी सचिव भानु देउवाले जारी गरेको सूचनामा सभापति देउवाको उपस्थितिबारे फैलिएका सबै खबरहरू आधारहीन भएको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे