
काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल सिजन–३ का विजेता तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।
तामाङको निधनप्रति संगीत क्षेत्रका कलाकारहरूले गहिरो दुःख व्यक्त गरेका छन्। गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएनछ। उफ‘ वैकुण्ठमा वास होस्।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे