
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा दिउँसो १ बजे उद्घाटन कार्यक्रम आयोजना गरिएको हो।
महाधिवेशन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको हो। उद्घाटन कार्यक्रममा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निमन्त्रणा गरिएको भए पनि देउवाले सहभागिता नजनाउने बताएका छन्।
उद्घाटनका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि बस्न सक्ने मञ्च बनाइएको छ। तर पार्टीको संस्थापन पक्षले भने यो विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएको छ। त्यसैले उनीहरूले आजकै दिन जिल्ला सभापति र युवाहरूको अलग भेला बोलाएका छन्।
उद्घाटन कार्यक्रम सकिएपछि महाधिवेशनको बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको अध्यक्षता पार्टीका सबैभन्दा जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे