
काठमाडौं। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा भव्य रूपमा उद्घाटन गरिएको महाधिवेशन अब पार्टीको नयाँ नेतृत्व चयन गर्ने निर्णायक चरणमा प्रवेश गरेको हो।
विधान महाधिवेशन यसअघि नै गत भदौमा सम्पन्न भइसकेकाले यसपटकको महाधिवेशन मुख्यतः नेतृत्व चयनमा केन्द्रित रहेको छ। बन्दसत्रमा देशभरबाट आएका २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी भएका छन्।
महाधिवेशनले अध्यक्ष एक, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने कार्यसूची तय गरेको छ। नयाँ नेतृत्व चयन प्रक्रियामा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल प्रमुख दाबेदारका रूपमा देखिएका छन्।
पार्टीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने तयारी गरेको जनाउँदै आएको छ। तर सहमति कायम हुन नसके विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने एमालेले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे