
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैलाई निःशुल्क उपचार उपलब्ध गराउन मातहतका संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार, घाइतेलाई कुनै शुल्क नलाग्ने गरी आवश्यक उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्पष्ट निर्देशन दिएका छन्।
मन्त्रालयले एम्बुलेन्स सेवाको प्रभावकारिता बढाउन र आवश्यक स्थानमा सहज उपलब्ध गराउन पनि सम्बन्धित अस्पतालहरूलाई आग्रह गरेको छ। काठमाडौँ उपत्यकाभरको एम्बुलेन्स नेटवर्कलाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालसम्म सजिलै पुर्याउन सहयोग पुर्याउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
यसैगरी, घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालका सबै मेडिकल टीम र आपतकालीन सेवा व्यवस्थापनलाई सक्रिय बनाइनेछ। मन्त्रालयले अस्पतालहरूलाई घाइतेहरूको सुरक्षामा ध्यान दिन, उपचारमा ढिलाइ नगर्ने र आवश्यक साधनहरू उपलब्ध गराउने सुनिश्चित गर्न भनेको छ।
स्वास्थ्य मन्त्रालयको यो कदमले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई तत्काल राहत र उपचार सुनिश्चित गर्ने उद्देश्य राखेको छ। साथै, एम्बुलेन्स सेवा सुदृढ बनाएर बिरामीहरूको समयमै अस्पतालसम्म पहुँच सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे