
काठमाडौं, साउन २८ – उदयपुरको चौदण्डीगढी नगरपालिका–९, अजगरामा जंगली च्याउ खाँदा एउटै परिवारका आठ जना बिरामी परेका छन्।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार सदा समुदायका ती सबैले मंगलबार बिहान घरनजिकैबाट टिपेको च्याउ पकाएर खाएका थिए। केहीबेरमै उनीहरूलाई बान्ता र जीउ गल्ने जस्ता लक्षण देखिएपछि तत्कालै बेल्टार नगर अस्पताल लगिएको हो।
बिरामी हुनेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ५५ वर्षीय लल्कु सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, ११ वर्षीया सन्जा सदा र १० वर्षीया सन्ध्या सदा रहेका छन्।
हाल उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे