
काठमाडौं, साउन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सबै युवाहरुलाई शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै, युवाहरूको ऊर्जा, सिर्जनशीलता र सपना नै देशको भविष्य भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघले सन् १९९९ मा अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो। पहिलो पटक यो दिवस सन् २००० मा मनाइएको थियो। यस दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय र सशक्त बनाउने प्रेरणा दिन्छ।
प्रधानमन्त्री ओलीले सकारात्मक सोच, निरन्तर मेहनत र एकता मार्फत देश समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। उनले विश्वभरका सबै युवाहरूलाई शुभकामना दिएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे