
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सोमबार भएको सुनुवाइपछि आदेश लेखनको काम भइरहेकाले आजै फैसला आउन सक्ने सम्भावना छ। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते अदालतमा जमानतको माग गर्दै निवेदन दिएका थिए। १२ पृष्ठ लामो सो निवेदनमा उनले तीन वटा मुख्य बुँदा उठाएका छन्।
निवेदनमा लामिछानेले आफूलाई राखिएको कोठा अत्यन्तै कष्टकर रहेको बताएका छन्। उनका अनुसार, ३५ फिट लम्बाइ र १२ फिट चौडाइको कोठामा बस्नुपर्ने बाध्यता छ, जहाँ गर्मी यति अत्यधिक हुन्छ कि राति ११ देखि १२ बजेसम्म बस्न पनि नसक्ने अवस्था हुन्छ।
यो जेल होइन, साँचिकै मध्ययुगीन यातना दिने गोलघरजस्तो हो,” उनले निवेदनमा उल्लेख गरेका छन्। रविका अनुसार, उनी जहाँ राखिएका छन्, त्यो ठाउँ मानसिक र शारीरिक यातनाको केन्द्र भएको र सरकार आफूलाई त्यहीँ राखेर सताउन खोजिरहेको दाबी गरेका छन्।
अहिले रविलाई जमानत दिइने कि पुर्पक्षमा नै राखिने भन्ने विषयमा अदालतको निर्णय कुर्न बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे