
एजेन्सी । रुसको टाढाको कामचाट्का क्षेत्रमा आज बिहान ८.७ म्याग्निच्युडको ठूलो भूकम्प आएको छ, जसले धेरै देशमा सुनामीको खतरा पैदा गरेको छ। कामचाट्कामा समुन्द्रमा १३ फिट अग्ला छाल देखिएको छ। जापान र अमेरिकाको पश्चिमी तटमा पनि ठूला छाल आउन सक्ने चेतावनी दिइएको छ।
कामचाट्काका गभर्नरले यो भूकम्पलाई दशकौंमा आएको सबैभन्दा ठूलो भूकम्प भनेका छन्। होनोलुलुका अधिकारीहरूले केही तटीय क्षेत्र खाली गर्न भन्दै चेतावनी दिएका छन्, किनकि “विनाशकारी सुनामी छालाहरू” आउन सक्ने सम्भावना छ। जापानमा पनि १० फिटसम्मका छाल आउन सक्ने अनुमान गरिएको छ।
अमेरिकी भूगर्भ विभागले भूकम्पको केन्द्र पेत्रोपाभ्लोभ्स्क-कामचाट्स्कीबाट करिब १३६ किलोमिटर टाढा बताएको छ। मुख्य भूकम्पपछि ६.९ र ६.३ म्याग्निच्युडका थप झट्का पनि आएका छन्। तटीय क्षेत्रमा सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे