
काठमाडौँ । चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई आइतबार काठमाडौंको टोखा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार अग्रवालमाथि ठगीसम्बन्धी उजुरी परेको र त्यसको आधारमा पक्राउ गरिएको हो। प्रारम्भिक विवरण अनुसार, उनले विभिन्न व्यक्तिहरूलाई सेयर कारोबारमा मुनाफा गराइदिने प्रलोभन देखाई करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो। अनुसन्धानको क्रममा प्रमाणहरू पुष्टि भएसँगै पक्राउ गरिएको हो। प्रहरीले अहिले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।
दीपेन्द्र अग्रवाल सेयर बजारका एक सक्रिय लगानीकर्ता तथा सामाजिक सञ्जालमार्फत समेत चर्चामा आएका व्यक्ति हुन्। उनीमाथि यसअघि पनि विभिन्न विवादमा संलग्न भएको आरोप लाग्दै आएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे